योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

282
Shares

काठमाडौं ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् ।

बुधबार संसद मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ । बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन् ।

यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ुबैगुनी केटोु भन्दै महान जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने रु भन्दै प्रश्न गरेका छन् ।

सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन् । दाहाललले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन् ।

त्यस्तै विहिबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए । उनले भने( ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।