यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते


काठमाडौँ।

बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्ज सडकखण्डमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको अझै सनाखत भएको छैन।

घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएको छ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।