रावायणमा पल र पूजा रोमान्टिक


काठमाडौं ।

नायिका पूजा शर्माद्वारा निर्मित फिल्म रावायणमा रहेको प्रेमभावको गीत तिम्रै लागि सार्वजनिक गरिएको छ। फिल्मका प्रमुख कलाकार नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ।

गीतको सुरुवातमा पल र पूजालाई जंगलको बीचको बाटोमा रोमान्टिक मुडमा कारमा यात्रा गरिरहेको देखाइएको छ। त्यसपछि काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा उनीहरूले कोरस डान्सरका साथ नृत्य गरेका छन्। पल र पूजालाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका छन्।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्मित फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्। आगामी भदौ २१ गते रिलिज हुने फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, र्जुनजंग शाही, शर्मिला मल्ल, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, प्रकाश शाह, कैलाश रावल, अप्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठलगायतले अभिनय गरेका छन्।

फिल्ममा प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सुदर्शन थापाको कथा, शिवम् अधिकारीको लेखन, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द रचना, निरज सिंह र रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करको स्वर, विक्रम स्वाँर र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।