गुल्मी लोक तारा सिजन ३ हुने


गुल्मी ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कारसहित लोक गायन प्रतियोगिता शुरू गर्ने भएको छ। लोक विधामा गीत गाउनेहरूका लागि गुल्मी लोकतारा सिजन ३ सञ्चालन गरिने प्रतिष्ठान गुल्मीका उपाध्यक्ष मोहन बस्नेतले जानकारी गराए।

प्रतिष्ठानको गुल्मी शाखाले सदरमुकाम तम्घासमा सम्पन्न १९औं साधारणसभामा लोक विधामा गायन प्रतिभा सञ्चालन गर्न लागिएको बारेमा जानकारी गराइएको थियो। प्रतियोगिता यसै महिनाको अन्तिमदेखि सञ्चालन हुने भएको छ।

साधारणसभामा कलाकार उज्ज्वल गिरी, गणेश अधिकारी, कमल कंडेल, लालुमाया कुँवर, धनमाया रानालगायतले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।