अल्लु अर्जुन साउथ इन्डियन फिल्मका महंगा कलाकार

0
Shares

साउथ इन्डियन फिल्म इन्डस्ट्रीका सर्वाधिक चर्चित र महंगा अभिनेता अल्लु अर्जुनले फिल्म पुष्पा: द राइज अगेनबाट लोकप्रियताको शिखर नापेका छन्। तेलुगुमा निर्माण भएर हिन्दीमा डब गरिएको सो फिल्म रिलिजपछि अर्जुनको स्टारडमदेखि पारिश्रमिकसमेत व्यापक वृद्धि भएको थियो।

अल्लु अर्जुनको जन्म १९८२ चेन्नईको एक तेलुगु फिल्मी परिवारमा भएको थियो। उनका पिता उल्लु अरविन्द तेलुगु फिल्म निर्माता हुन्।
उनले सन् २००१ मा फिल्म ड्याडीमा बाल कलाकारको रूपमा काम गरेका थिए। यो फिल्म उनका पिता उल्लु अरविन्दले १९८५ मा निर्माण गरेका थिए। उनले सन् २००३ मा फिल्म गंगोत्रीबाट मुख्य भूमिकामा काम गरेका थिए भने हालसम्म ४५ भन्दा बढी फिल्ममा काम गरेका छन्।
उनलाई स्टाइलिस स्टार, बन्नी नामबाट पनि चिनिन्छ। अभिनयको अलावा उनी आफ्नो स्टाइल, डान्स, एटिट्युड र म्यानरका लागि पनि परिचित छन्।
अभिनेताका लागि भारतको सर्वश्रेष्ठ नेशनल अवार्ड जित्ने उनी पहिलो तेलुगु कलाकार हुन् भने उनी सामाजिक सञ्जाल थ्रेड्समा एक मिलियन लाइक पाउने पहिलो तेलगु अभिनेता हुन्।
उनलाई कारको निकै सोख छ। उनको ग्यारेजमा रेन्ज रोभरसहित ५ वटा महंगा कार छन्। यसका साथै एक प्राइभेट जेटसमेत छ। उनलाई महंगा घडीको पनि सोख छ। उनीसँग लग्जरी घडीको कलेक्सन छ।

टलिउडका महंगा अभिनेता उनले एक फिल्मका लागि एक करोड २५ लाख भारतिय रुपियाँ परिश्रमिक लिने गर्छन्। उनी बलीउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेतामध्ये एक हुन्। उनको कुल सम्पति ४ सय तीस करोड रहेको छ।
उनको फिल्म पुष्पा सन् २०२१ मा भारतमा सर्वाधिक कमाइ गर्ने र तेलुगुमा हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म हो।
सन् २०११ मा स्नेहा रेड्डीका साथ विवाह गरेका उनको एक छोरा अयान र एक छोरी अरहा छन्।
४१ वर्षका अल्लु फिटनेसको मामलामा २०÷३० वर्षका युवाभन्दा अघि छन्। उनी आफ्नो शरीरलाई स्वस्थ र हृष्टपुष्ट राख्नका लागि नियमित वर्कआउट गर्छन्। यसका साथै स्विमिङ, एरोविक्स, साइकलिङ, जगिङ आदिमा सामेल हुन्छन्।
त्यस्तै खानपानमा पनि उत्तिकै ध्यान दिन्छन्। उनी नास्तामा हाई प्रोटिनवाला आहारा सेवन गर्छन् भने खानामा हरियो सागसब्जी, दाल रोटी, ग्रिल्ड चिकेन, फलफूल, फ्रुटसेक आदि मन पराउँछन्। बेलुकी भने ब्राउन राइस, सलाद, मकैजस्ता हल्का खाना मन पराउँछन्। उनी जंक फुडबाट टाढै रहन्छन्।