रचना रिमालको ‘गाजल टिकी’ बजारमा

7.14k
Shares

काठमाडौं ।

सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गीत रिलिज भएको छ । सुनील राईको संगीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई यूके निवासी सुमन श्रेष्ठले खिचेका हुन् ।

यूकेमै छायांकन गरिएको यो भिडियोलाई सविना श्रेष्ठले कोरियोग्राफी गरेकी छिन् । अंशु बस्नेत र अञ्जु बस्नेतको मेकअप रहेको गाजल टिकी लाउने हो गीतलाई चर्चित गायिका रचना रिमालले आवाज दिएकी हुन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेले (इनास)बजारमा ल्याएको ‘गाजल टिकी लाउने हो’ गीतको लिड रोलमा कलाकारहरु सविना श्रेष्ठ, अंशु बस्नेत, रञ्जना केसी, अञ्जु बस्नेत, दुर्गा राना, विष्णु राना, मञ्जु शाह, सर्वेन्द्र अधिकारी, पण्डित नीलहरि घिमिरे, शान्ता खत्री, सञ्जय कँडेल आदिको अभिनय रहेको छ ।

नेपाली कला, भाषा, संस्कृतिको प्रवद्र्धनमा स्वेदश तथा विदेशमा बस्ने दिदीबहिनीहरुका लागि हरितालिका तीजलाई लक्षित गर्दै यो श्रव्य तथा दृश्य सामग्रीलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेले व्यवस्थापन गरेको हो ।