एभिन्यूज खबरले तीज विशेष कार्यक्रमकाे आयोजना गर्दै


काठमाडौं ।

एभिन्यूज खबर टेलिभिजनले नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा यही भदौ १३ गते देखि १५गतेसम्म तीज महोत्सवको आयोजना गर्ने भएको छ ।

काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा हुने महोत्सवमा तीजको परम्परागत बिशेषता झल्कने लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने एभिन्यूज खबर टेलिभिजनले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका महिला उपयोगी सामग्रीहरुको प्रदर्शनी समेत गरिनेछ ।

कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा बिभिन्न चर्चित कलाकारहरुबाट गीत संगीत पनि प्रस्तुत गरिनेछ ।