सानु र सारुकको सम्झना


काठमाडौं ।

अभिनेता बाबुछोरा सानु ताम्राकार र सारुक ताम्राकारको वार्षिक पुण्यतिथिमा नेपाल चलचित्र कलाकार संघले ताम्राकार परिवारसँगको सहकार्यमा राजधानीमा एक कार्यक्रम आयोजना गरी उनको सम्झना गरेको छ।

सारुक ताम्राकारले ह्यासट्याग माया नामक फिल्मको सुटिङबाट फर्की आत्महत्या गरेको पितृवियोगको पीडाले थलिएका सानुको उपचारकै क्रममा गत वर्षको भाद्र ९ गते निधन भएको थियो।

वार्षिक पुण्यतिथिको कार्यक्रममा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले सानु ताम्राकारको निधनले कलाकारिता क्षेत्रले मात्र नभई संघले नै एक अविभावक गुमाएको बताए। सानु विभिन्न समयमा संघको पदाधिकारी रहेका थिए।

फिल्मकर्मी नीर शाहले सानु ताम्राकारको अभाव सदैव फिल्म क्षेत्रमा खड्कने जनाउँदै उनले नेपाली फिल्म र कलालाई विश्वबजारमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको जनाए।

अभिनेता रमेश बुढाथोकीले ताम्राकार परिवारसँग एक असल मित्र र कलाकार गुमाउँदाको पीडा सुनाउन नसकिने बताए। उनले सारुक एक अब्बल कलाकार रहेको सम्झना पनि गरे।