टाइटानिक : हृदयविदारक दुर्घटनाको सजिव सिनेमा

0
Shares

जेम्स क्यामरुनको सर्वाधिक हिट फिल्म टाइटानिक सन् १९९५ मा रिलिज भएको थियो। जुन अहिलेसम्मको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा छ।

टाइटानिक पानी जहाज इग्ल्यान्डको साउथ ह्याम्टनबाट अमेरिकाको न्युयोर्कको यात्रा गर्ने क्रममा विशाल हिमपहाडमा ठोकिएर दुर्घटना भएको थियो। सामुद्रिक इतिहासमै सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटना सन् १९१२मा भएको थियो। जसमा सवार २२ सय २४ यात्रीमध्ये १५ सय १७ को मृत्यु भएको थियो। सो घटनामा आधारित फिल्मको मुख्य पात्रमा लियोनार्दो डिकाप्रियो ज्याक र केट विन्सलेट रोजले अभिनय गरेका छन्। उनीहरूको प्रेमकथा काल्पनिक भए पनि त्यहाँका धेरैजसो पात्र र घटना भने वास्तविकतामा आधारित छन्। फिल्म र दुर्घटनाबारे केही रोचक प्रसङ्ग:

टाइटानिक जहाज बनाउन त्यतिबेला ७.९ मिलियन अमेरिकी डलर खर्च लागेको थियो। जुन आजको प्राइस भ्यालुअनुसार १ सय ९० मिलियन डलर थियो। त्योभन्दा धेरै खर्च जेम्स क्यामरुनले फिल्म टाइटानिक बनाउन खर्च गरेका थिए। त्यसको लागत २ सय मिलियन डलर थियो।


अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनले आफूलाई फिल्ममा मुख्य भूमिकामा अफर गरेपछि एउटा गुलाबको फुल र एउटा नोटमा म तयार छु लेखेर पठाएकी थिइन्।

टाइटानिक फिल्मको सबैभन्दा हृदययविदारक दृश्यमध्ये एक जहाज डुबिरहँदा पनि म्युजिक ब्यान्डका सदस्यले निरन्तर संगीत बजाइरहेको दृश्य थियो। वास्तवमै पनि जहाज दुर्घटना हुँदा सो समयमा त्यहाँ त्यस्तै संगीत गुन्जिरहेको थियो।

सो दुर्घटनामा एक सेफ पनि बँचेका थिए। उनले जहाज डुब्नुअघि निकै रक्सी पिएका थिए। जहाज डुब्न थालेपछि जसरी पनि मर्ने त हो भन्दै उनले पिउने क्रम जारी राखेका थिए। उनी समुद्रमा खसेपछि अत्याधिक रक्सी पिएका कारण उनको शरीरको तापक्रम धेरै घट्न नपाएकाले उनको ज्यान बचेको मानिन्छ।

टाइटानिकमा मासाबुमी होसोनोनामक एकमात्र जापानी यात्री थिए। जो दुर्घटनामा बच्न सफल भएका थिए। सरकारी जागिरे उनी जापान फर्केपछि उनको जागिर खोसियो। उनलाई स्वार्थीपन देखाएर आफूमात्र जहाज छाडेर भागेको भन्दै त्यहाँका सञ्चारमाध्यम र सर्वसाधरणदेखि सरकारले पनि कायर र स्वार्थीको संज्ञा दिएको थियो। निकै हेलापूर्वक जीवनयापन गरेका उनको सन् १९८० मा मृत्यु भएको थियो।

टाइटनिकको पहिलो प्रिमियर सन् १९९७ नोभेम्बर १ मा जापानको टोकियोमा आयोजित टोकियो फिल्म फेस्टिभलमा भएको थियो। यो फिल्म त्यतिबेला जापानी इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो।

ऐतिहासिक दृश्य र शाही सजावट गरिएको फिल्ममा केट फस्ट क्लास टिकट खरिद गर्ने यात्री थिइन्। फिल्ममा डाइनिङ रुमको सिन खिच्नेबेला उनले संसारकै सबैभन्दा महंगो खानेकुरा मानिने बेलुगा क्याभिएर खाएकी थिइन्। जुन एकप्रकारको माछाको अण्डा हो र यसको मूल्य प्रतिकेजी ५ हजारदेखि दश हजार डलरसम्म पर्ने गर्छ।

टाइटनिक सन् १९९८ को ओस्कार एकेडेमी अवार्डमा १४ विधाको ओस्कार नोमिनेसनमा परेको थियो भने ११ अवार्ड चुम्न सफल भएको थियो।

टाइटनिकका अभिनेता लियोनार्दो डिकाप्रियो सन् १९९७ मा फिल्म टाइटनिकमार्पmत सुपरस्टार बनिसकेका थिए। उनकी प्रेमिका भिट्टोरिया सेरेटी त्यसको एक वर्षपछि जन्मिएकी थिइन्। उनीहरूको उमेर अन्तर २३ वर्ष रहेको छ।

एकपछि अर्को गर्दै डिकाप्रियोको करिब दुई दर्जन युवतीका साथ प्रेम सम्बन्ध भएको चर्चा चलेको छ। जसमा पपस्टार रिहाना, मोडल गिगी हदिद आदि रहेका छन्।

टाइटानिकका अभिनेता लियानार्दो डिकाप्रिओ र अभिनेत्री केट विन्सलेट टाइटनिक रिलिज हुँदा केवल २२ वर्षका थिए। हाल उनीहरू ४८ वर्षका भए।