प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न- गिरी बन्धु टि- स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्डको पैसा कसले खायो ?

1.5k
Shares

काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार)देखि सुरु भएको आजपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलिय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका थिए । तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउँनका लागेकाछन’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन् ।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरित काम गरेपछि के जनतासंग लिएको मत फिर्ता गर्नुपर्दैन् र’ साहले प्रश्न गरे ।

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखी टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरु के दालभात मात्रै खाएका हुन त रु दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू रु अनि तपाईहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुडिखेलका ति सोझा युवाहरु असभ्य भए, संस्कार भएन भन्ने । अनि के तपाईहरुले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो रु’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासंग माफी माग्नुपर्ने बताए । आफैले उत्कृष्ठ संविधान बनाएको भन्दै गर्भ गर्ने नेताहरुले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए ।

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिईरहेको छ । हरेक बस्तुको महंगी बढदै गईरहेको छ । घर चलाउँन धौधौ भईरहेको छ । जनता लुटने यि नेताले अहिले लुटतन्त्र मचाएका छन् । यसरी मुलुक समृद्ध हुनसक्दैन्’ साहले भने, ‘नेपाली नागरिकता त्यागेर विदेश बसेकाको सम्पती कहाँ छ रु कति छ सरकारले भन्नु पर्यो । लुटेरा नेताहरुले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारवाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिती, भ्रष्टाचारको बिरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका छौं ।’

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा गम्भिर छलफल हुदैछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष साहले त्यसबारेमा अगामी कार्ययोजना समेत बैठकमा पेश गर्दैछन् ।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।

बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउँने काम हुनेछ ।

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल ९आम शैक्षिक आन्दोलन० बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुकोज्ञटं कार्यविभाजन गर्दै शसक्त रुपमा अगाडी बढने उनले बताए ।