पुनहिल घुम्न आएका एक स्पेनीको मृत्यु, एक जना बेपत्ता

3.57k
Shares

कास्की ।
कास्कीको पुनहिल घुम्न आउँदा वेपत्ता दुई स्पेनी पर्यटक मध्य एकको शव भेटिएको छ ।

अन्नपुर्ण गाउँपालिका वडा नं.९ तिखेढुङ्गा मौजा खोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो । झोला हेर्दा विदेशी नागरिकको रहेको र दुई दिन पश्चात् अर्थात आज एक पर्यटकको शव खोलाको बिच भागमा अड्किएको अवस्थामा फेला परेको हो ।

३७ वर्षीय  पुरुष एरिक सोलेर कासानोभस (पासपोर्ट नं. PAN072420) को पुरुष फेला परेको हो । यस्तै  ३२ वर्षीय महिला  MERCE MOLAS JUNCA (पासपोर्ट नं. PAQ122767) वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले पुष्टि गरे ।