गायिका शोभा पाण्डेको ‘हरदिन पुजा गर्छु म’ सार्वजनिक

1.5k
Shares

काठमाडौं ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा हरेक दिन नयाँ-नयाँ तीजका गीत सार्वजनिक भएका छन् ।

गायक गायिकालाई तीजका गीतहरु बिभिन्न च्यानलहरु मार्फत सार्वजनिक गर्न भ्याई नभ्याई छ । यसै क्रममा गायिका शोभा पाण्डेको ‘हरदिन पुजा गर्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पाण्डेको तीजगीतमा तीजका दिन ब्रत बसेर श्रीमानको आयु लामो हुने भए एकदिन मात्र होईन हरेक दिन शिबजीको पुजा,आराधान गर्ने जस्ता भाब सुन्न सकिन्छ ।

तीज गीतले मौलिक कला सस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सकरात्मक सन्देश दिने गायिका पाण्डेको दाबी छ । स्वीकृति बरालको शब्द रहेको गीतमा संगित दिपक शर्माका रहेको छ । गीतको रामकृण्ण थापाले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियोमा गायिका पाण्डे स्वयम मुख्य भुमिका रहेको छ भने स्तुती बराल र सम्झना मायाले अभिनय गरेका छन् ।


२०७१ सालदेखि नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकी उनले हालसम्म ६ दर्जन बढी गीतमा आवाज भरेकी छिन् । भने आधा दर्जन बढी तीज गीतमा पनि स्वर भरेकी छिन् । संगित विषयमा दर्शनाचार्य गरेकी गायिका संगित विषयमा शोध प्रबन्ध लेख्दै छिन् । गायिका पाण्डेले अन्य गीत तथा भिडियोहरु पनि चाँडै बजारमा ल्याउने तयारीमा रहेको बताउछिन् ।