टुँडिखेलको घटना सामान्य होइन, नसुध्रिएमा हावा हुण्डरीले उडाउँछ- अमरेशकुमार सिंह


काठमाडौँ । 

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरूलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् ।

सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाइको जनादेश रहेको उल्लेख गर्दै आफुले भयाभव अवस्था आउँदै गरेको देखेको बताए । उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्व विद्यालय आफ्नै विद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।

सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले नेताहरुलाई उडाउने समेत चेतावनी दिए ।