बस र माइक्रो एक आपसमा ठोक्किँदा आठजना घाइते 


धादिङ ।

धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किँदा चार जना घाइते भएका छन् । 
धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । 
 
दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सूचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए ।