स्त्री २ ले बढायो श्रद्धाको लोकप्रियता


काठमाडौं ।

बलिउड अभिनेत्री श्रद्धा कपुरको लोकप्रियता दिनानुदिन बढ्दो छ। उनीद्वारा अभिनीत ब्लकबस्टर फिल्म स्त्री २ का कारण हाल उनको कामको निकै प्रशंसा भइरहेको छ।

बढ्दो लोकप्रियताको प्रभाव उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि देखिएको छ। श्रद्धा सबैभन्दा धेरै पछ्याइएकी भारतीयको दोस्रो नम्बरमा परेकी छन्। उनको इन्स्टाग्राम फ्लोअर्स ९२.९ मिलियन रहेका छन्। त्यस्तै, क्रिकेटर विराट कोहोली २ सय ७१ मिलियन फलोअर्ससहित पहिलो नम्बरमा छन्।

अभिनेत्री प्रियंका चोपडा भने यो लिस्टको तेस्रो नम्बरमा छिन्। प्रियंकालाई पछ्याउने ९१.८ मिलियन छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने यो लिस्टको चौथो नम्बरमा छन्। मोदीलाई ९१.३ मिलियन र पाँचौं नम्बरमा रहेकी आलिया भट्टलाई ८५.२ मिलियनले पछ्याएका छन्।

त्यस्तै, छैठौं नम्बरमा परेकी कट्रिना कैफलाई ८०.४, सातौं नम्बरमा रहेकी दीपिका पादुकोणलाई ७९.९ मिलियन, आठौं नम्बरकी नेहा कक्करलाई ७८.७ मिलियन, नवौं नम्बरकी उर्वशी रौतेलालाई ७० मिलियन र दशौं नम्बरमा परेकी ज्याकलिन फर्नान्डिजलाई ७०.५ मिलियनले फलो गरेका छन्।

अमर कौशीकद्वारा निर्देशित हरर कमेडी फिल्म स्त्री २ हाल दोस्रो सातामा चलिरहेको छ। यो भारतमा दोस्रो सातामा सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ। कुल ५० करोडको लगानीमा निर्मित यस फिल्मले रिलिजको पहिलो दिन नै आफ्नो लगानी सुरक्षित गरेको थियो।

यसले विश्वभर ५ सय ४० करोड कमाइ गरिसकेको छ। फिल्मका अन्य कलाकारमा राजकुमार राव, अभिषेक बनर्जी, पंकज त्रिपाठीलगायतले अभिनय गरेका छन्।