शारदाले ल्याइन् तीज गीत व्रत बसेर


काठमाडौं ।

सञ्चारकर्मी एवं गायिका शारदा थापाले हालै व्रत बसेर बोलको तीजगीत सार्वजनिक गरेकी छन्। थापाको स्वर र शब्द रचना रहेको गीतमा सञ्जय श्रीपालले संगीत भरेका छन्। गीतले देखासिकी र तडकभडकबिनै पनि तीज मनाउन सकिने सन्देश दिएको छ।

गीतमाथि बनेको भिडियोमा शारदाका साथै दिव्या बयलकोटी र सिमाना विश्वकर्माको नृत्य र अभिनय रहेको छ। गणेश सेन्चुरीको निर्देशन, तमुकेश नेपालीको कोरियोग्राफी, मरुभूमि नारायणको छायांकन रहेको भिडियोमा रोशन धितालको सम्पादन रहेको छ। गीत सुनकेशरी डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।