आँचलले गरिन् कन्यापूजा


काठमाडौं ।

कृष्ण जन्माष्टमीको अवसरमा कन्यापूजा सनातन गुठीद्वारा बनेपामा आयोजित कन्यापूजामा आगामी शुक्रबार रिलिजमा आउन लागेको फिल्म वर एण्ड वधुका मुख्य कलाकारले कन्यापूजा गरेका छन्।

नायिका आँचल शर्मा, नवनायक विवेक कर्माचार्य, कलाकार किरण केसी, रवीन्द्र खड्का, मोडलद्वय कुसुम शर्मा र विजु पार्कीले कन्यापूजामा सहभागी भई कन्याहरूको पूजा गरेका हुन्। सो अवसरमा फिल्मका कलाकारहरूले हजार जनाभन्दा बढी बालिकालाई कपी र खानेकुरा प्रदान गरेका थिए।

पहिलोपटक कन्या पूजामा सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन्। फिल्मका नवनायक विवेक कर्मचार्यले ४ वर्षदेखि निरन्तर रूपमा कन्यापूजामा सहभागी भएर विभिन्न सामग्री दान गर्ने गरेको सुनाए।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा जानुका थापाद्वारा निर्मित फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ। कन्यापूजाको अवसरमा फिल्मको निर्माण समूहले एक लाख ११ हजार रुपियाँ नगद सहयोग गरेको थियो।