नेपालकै पहिलो निजी बाल अस्पताल ३० औँ वर्षमा प्रवेश 


काठमाडौँ। 

नेपालकै पहिलो निजी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल तथा महिला अस्पताल ३० औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा अस्पतालले सोमबार विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।

विसं २०५२ साल कृष्ण जन्माष्टमीको दिन काठमाडौँको महाराजगञ्ज चक्रपथमा १५ शय्यामा ईशान बाल नर्सिङ होमको रुपमा स्थापित यो निजी अस्पताल २०६३ साल पछि २५ शय्यामा स्तरोन्नती हुनुका साथ बसुन्धरामा स्थानान्तरण भएको थियो । त्यसबेला देखि नै ईशान बाल नर्सिङ होम नाम परिवर्तन भई ईशान बाल तथा महिला अस्पतालको रुपमा रहन गयो । अहिले भने अस्पताल वसुन्धरा चोकबाट २५० मिटर उत्तर तर्फ आफ्नै स्वामित्वको अत्याधुनिक भवनमा सरेर सेवा दिइरहेको छ ।

अस्पतालका निर्देशक प्रा.डा रामनन्दनप्रसाद चौधरी तीन दशक लामो यात्रा गुणस्तरीय तथा सर्वसुलभ सेवाबाट निर्देशित भएको बताउँछन् । ‘हामीलाई सेवा गर्ने मौका दिनु भयो । हामीलाई विश्वास गर्नु भयो रत आज यो अस्पताल क्वालिटी सर्भिस एट अफोर्टेवल प्राईसको सिद्धान्त अनुरुप सेन्टर अफ एक्सिलेन्सको रुपमा अघि बढी रहेको छ । हामी नेपालमा मेडिकल टुरिजमको सेवालाई अघि बढाउने योजनामा छौँ ।’
निर्देशक प्राडा चौधरीले अस्पतालमा अहिले ८७ जना विभिन्न विषयका बरिष्ठ बालरोग विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपरस्पेश्यालिटी र मल्टीस्पेश्यालिटी सेवा उपलब्ध भएको दाबी गरे । 

उनले अस्पतालको आकस्मिक विभागमा चौबिसै घण्टा एमडी पेडियाट्रिक्स, विशेषज्ञ रजिष्ट्राहरुबाट नवजात तथा बाल रोग,नवजात तथा बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी सम्बन्धमा दुर्घटना र ट्रमा सेवासहितका आकस्मिक सेवा उपलब्ध भएको समेत जानकारी दिए ।

अस्पतालका मुख्य सेवाहरु

निर्देशक डा. चौधरीले अस्पतालमा आईसीयू, एचडीयू, प्रत्येक दिन खोप सेवा, पेडियाट्रिक ईको, अल्ट्रासाउन्ड सेवा उपलब्ध भएको बताए । उनले अब चाडै नै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सीटीस्क्यान सेवा पनि सुरु हुने जानकारी दिए ।

उनले सबै उमेरका व्यक्तिका लागि जनरल मेडिसिन, इन्डोस्कोपी, कोल्नोस्कोपी, जनरल एण्ड ग्यास्ट्रो सर्जरी सेवा, हाडजोर्नी, दन्त, छाला तथा यौन रोग, इएनटी, आँखा, फिजियोथेरापी तथा रिहाविटेसन सम्वन्धी सेवा पनि उपलब्ध रहेको बताए । यस्तै निसन्तान क्लिनिक आईभीएफ तथा ब्लड बैंक सेवा पनि उपलब्ध रहेको बताए ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय टोखावासीलाई विशेष छुट दिनुको साथै विभिन्न स्थानीय टोल समिति र संघ संस्थासँग समेत सहकार्य गर्ने र विशेष छुट दिने गरिएको बताए ।