म्ग्यादी।
बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत गलेश्वर नजिकै ठुलोपहिरोमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि दानातर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस अघि साँझ ५:३० बजे पिच सडकमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेको उद्धार गरी बेनी अस्पताल लगेर उपचार सुरु गरिएको छ । दुर्घटनाबारे थप विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।











प्रतिक्रिया