सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा आईतवार खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिन्धुली मरिण गाउँपालिका वडा नं.–७ दधिदमारका २८ बर्षका ज्ञान बहादुर भोलनलाई खोलाले बगाउँदा मृत्यु भएको हो ।
बाख्रा चराई घर फर्कने क्रममा चुनिया खोला तर्न खोज्दा खोलाले बगाइ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अलिक कुमार खड्काले जानकार दिए ।
शवको पोष्टमार्टमको लागि मरिण गाउँपालिका वडा नम्बर ६ मा रहको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याइएको प्रहरी नायव उपरिक्षक खड्काले जनाए ।











प्रतिक्रिया