देउवासँग मिलेको भन्ने आरोपप्रति कोइरालाको कडा आपत्ति

2.54k
Shares

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धामा भिड्नुभएका बरिष्ठ नेता डा शेखर कोइरालाले पछिल्लो समय सभापति देउवासँगै निकट रहेको भन्ने आरोपप्रति आपत्ति जनाउनुभएको छ ।

आइतबार शेखर–गगन पक्षको बैठकमा नेता कोइरालाले आफ्नै समूह भित्रका नेताहरुले अनावश्यक हल्ला फैलाएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उपसभापति धनराज गुरुङको पहलमा कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार समूहको छलफल भएको थियो । सो छलफलमा नेता कोइरालाले सभापति शेरबहादुर देउवातिर ढल्किएको भनी लागेको आरोपको प्रतिवाद गर्नुभएको उहाँ निकटका केन्द्रीय सदस्य डा। गोविन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।

‘नेता कोइरालाले सभापति देउवासँग मिल्न खोजेको भन्ने आरोपप्रति कडा टिप्पणी गर्नुभयो । शेरबहादुरसँग मिल्यो भन्ने भाष्य बनिरहेको छ । यस्तो भाष्य आफ्नै साथिहरु क–कसले बनाउनु भएको होे रु त्यो शंकाबाट बाहिर निस्कनुस् भन्नुभयो,’ कोइरालाको भनाई उध्रित गर्दै पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरुले यस भेटलाई निायमित भेट र सामान्य समिक्ष मात्रै भएको बताएका छन् । बैठकमा संस्थापन पक्षका नेताहरुले डा। कोइरालाले समूहको छलफल नियमित नभएकोप्रति कोइरालासँग चासो व्यक्त गरेका थिए । नियमित हुनु पर्ने छलफलमा कमी भएको केन्द्रीय सदस्यहरुको भनाईप्रति नेता कोइरालाले समूहको छलफल धेरै समयसम्म हुन नसकेको स्वीर्कादै नियमित बस्ने विश्वास दिलाउनुभएको छ ।

कांग्रेसको पछिल्लो राजनीतिमा सभापति देउवाप्रति कोइराला नरम देखिएको भन्दै आगामी १५ औं महाधिवेशनमा देउवाकै उम्मेदवार कोइराला हुन सक्ने अड्कबाजी समेत गरिरहेका छन् । समूहको छलफलमा महासमिति र केन्द्रीय समितिमा आएका प्रतिवेदनलाई पार्टीको दस्तावेज भन्दा पनि व्यक्तिको जस्तो गरी प्रचार गरिएकाले नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए । छलफलमा शेखर–गगनबीचको समन्वय, पार्टी बैठकमा उठेका एजेण्डाहरुका विषयमा समेत व्यापक चर्चा भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

उनले भने– ‘एक्जिटपोलका विषयमा पनि महामन्त्री विश्व प्रकाश शर्माको प्रस्ताव अस्पष्ट भएको र यो विषय आवश्यक हो की होइन भन्ने सम्मको कुरा नेताहरुबाट उठ्यो । छलफलमा महामन्त्री गगन थापा र नेता शेखरबीचको समन्वय अभाव खड्कीएको कुरा समेतच प्राथमिक्ताका साथ उठेको छ ।’ यद्यपी कोइरालाले आईतबारको बैठकमा आफ्नो समुहमा कुनै तलमाथि नभएको जिकीर गर्नुभएको बताइएको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु बलबहादुर केसी, सरिता प्रसाई, दिपक गिरी, डा। गोविन्द पोखरेल, प्रकाश स्नेही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, मुक्ता यादव, किरण यादव, गणेश लामा, ह्रदयराम थानी लगायत सहभागी थिए ।

महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत नेताहरु उपस्थित भएनन् । सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाको भेट तय भएकाले उनी अनुपस्थित रहेको बैठकमा जानकारी गराइएको थियो । ‘दुई महामन्त्री र सभापतिको छलफल भएकाले आउन सक्नुभएन । सहमहामन्त्री बद्री पाण्डे भारत भ्रमणमा रहेकाले बैठकमा उपस्थित हुनुभएन’, बंठकमा सहभागी नेता गोविन्दराज पोखरेलले भन्नुभयो ।