प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा किन गर्जिय पूर्वमन्त्री आले ?


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा तत्कालीन ऊर्जा मन्त्री शक्ति बस्नेतलाई समितिको कठघरामा ल्याएर सोध्नुपर्ने माग गरेका छन् ।


आज आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले महसुस नठाउनेदेखि छुट दिने कार्यसम्म तत्कालीन ऊर्जा मन्त्रीको हात रहेको भन्दै उहाँले यस्तो माग गरेका हुन् । उनले भने, ‘मन्त्री भएर जथाभाबी निर्णय गर्ने ? उनलाई एक पटक यहाँ ल्याएर सोधपुछ गर्नुपर्छ ।’


यसैगरी पूर्वमन्त्री आलेले आफु पर्यटनमन्त्री भएका समयमा बुद्ध पूर्णिमाको दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतित्थ्यमा लम्बिनीमा भएको कार्यक्रममा आफु कार्यक्रमको सभापति भएको र उक्त कार्यक्रममा भारतका उच्च पदस्थ अधिकारीहरुले नेपाल भारत–सिमाको तीन किलोमिटरमा क्यासिनो खोलिएकाले उक्र क्यासिनोमा जुवा खेल्न आउने कयौँ भारतिय जुवा हारेर घरबार बिहिनको अवस्थामा पुगेकाले उक्त क्यासिनो हटाउन आग्रह गर्दा आफुले उक्त क्यासिनो सिमाबाट पाँच किलोमिटरको दुरीमा टाढा राख्ने निर्णय गरेको दाबी समेत गरे ।


आफुले सिमाबाट पाँच किलोमिटर टाढा राख्न निर्देशन दिएको क्यासिनो तत्कालिन पर्यटन विभागका महानिर्देशक एवं सहसचिव रुद्र पण्डितले कानुनको धज्जी उडाउँदै पाँच किलोमिटरको सट्टा तीन किलोमिटरमा क्यासिनोको प्रि लाइसेन्स होटेल भैरहवा गार्डेनलाई दिएको र उक्त विषयमा उजुरी पर्दा पनि लेखा समिति मौन बसेको पूर्वमन्त्री आलेले आरोप समेत लगाए।
पर्यटन ऐन २०३५ को धज्जी उडाएकाले लेखा समितिले उक्त निर्णय तत्काल रोकी सहसचिव पण्डितलाई कारबाहीका लागि सिफारिस गर्नु पर्ने भन्दै पूर्वमन्त्री आलेले बैठकमा जोडदार आवाज उठाए ।

सिमा नजिकका भारतयिहरु क्यासिनोमा जुवा खेलेर घरबार बिहिनको अवस्थामा पुगेका भन्दै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका आलेले सिमाको तीन किलोमिटरबाट पाँच किलोमिटरमा क्यासिनो राख्ने निर्णय गर्नु भएको थियो ।

समितिले महसुल विवादमा आइतबारदेखि छलफल सुरु गरेको छ । पछिल्लो पटक महसुल विवादले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, व्यापारी र सरकार एक आपसमा विवादमा रहेका छन् ।