रामेछाप पहिराे अपडेट : बेपता ४ जनाको खोजी कार्य आजलाई स्थगित

6.3k
Shares

रामेछाप ।

अविरल वर्षका पश्चत गएको पहिरोको कारण रामेछाप ६ जनाको ज्यान गएको छ भने ४ जनाको वेपत्ता रहेका छन् । गए राति करिव ११ बजेर ४५ मिनेटमा दोरम्वाशैलुङ्ग गाउँपालिका ३ लेखखर्क पहरीमा बस्तिमा बस्तिमाथि पहरो खस्दा ६ घरमा क्षेती भएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा ३० बर्षीय चण्डिका थापा मगर¸ १८ महिने नावालक आसम थापा मगर¸ ४० बर्षीय उर्मिला पहिरी¸ १७ बर्षका सन्दिप पहरी¸ बर्ष १८ का विज्ञान पहरी र १४ बर्षका सन्तोष पहरी रहेका रामेछाप प्रहरीले जनाएको छ ।
त्यसै वेपत्ता हुनेहरुमा ७५ बर्षकि फड्कि पहरी¸ ५५ बर्षका काले पहरी¸ ५४ बर्षीय झ्याउकिरी पहरी र २३ बर्षीय विन्दा पहरी रहेका छन् ।

भने १० बर्षका अन्जन पहरीको उद्दार गरि उपचारका लागि दोरम्वा शैलुङ अस्पतालमा उपचार भइ रहेको छ ।
आइतबार विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिरहेको थियो तर पानी परेको पश्चात ४ बजेदेखि खोजी कार्य स्थागित गरिएको छ ।