काठमाडौं ।
पत्रकार बिक्रम सुनार र चर्चित गायिका प्रिति आलेको आवाजमा रहेको ‘निगाली झाँपो’ सार्वजनिक भएको छ ।
आर्थिक क्षेत्रका सक्रिय पत्रकार सुनारको ‘निगाली झाँपो’ बोलको गीत शनिबार कमल थापा यूट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा गायिका प्रिति आले र सुनारको स्वर भरेका छन् । अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगितक क्षेत्रमा सक्रिय रहँदै आएका सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् । गायन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली गीत ‘निगाली झाँपो’ ल्याएका हुन् ।
‘निगाली झाँपो’ को लय तथा शब्द सृजना कलाकार भुवन बि.केको रहेको छ । गीतमा भुवन बि.केले नै संगीत संयोजन गरेका छन् । ‘निगाली झाँपो’ को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायाङ्कन सुमन थापा र भिडियो सम्पादन विकास थापाले गरेका छन् ।











प्रतिक्रिया