हाप्किडो संघको अध्यक्षमा यनिप महर्जन


ललितपुर।

नेपाल हाप्किडो संघको छैठौं अधिवेशनले कार्यक्रमका सभापति श्री यनिप महर्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र महर्जन,उपाध्यक्षमा सानुराजा बज्राचार्य, महासचिवमा मनोजकुमार महर्जन र सचिवमा महेशराज बज्राचार्य र कोषाध्यक्षमा नितिसा महर्जन रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरु रामकुमार राजथला,लभेन्द्र नेमकुल,नरेश महर्जन,इन्द्र महर्जन,सुरेशचन्द ठकुरी,आशिष परियार, सुकुराम लामा,ममता महर्जन,मन्दिरा महर्जन, रुपा नेपाली र प्रदिप शाही छन् ।

शनिबार महालक्ष्मी नगरपालिकामा सम्पन्न सो अधिवेशनको उद्घाटन नगरप्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए।