वर एन्ड बधुमा रोमान्टिक सिरीसिरी हावा


काठमाडौं ।

आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म वर एन्ड वधुमा समावेश गीत सिरीसिरी हावा सार्वजनिक गरिएको छ।
मिलन चाम्सद्वारा निर्देशित निर्देशनमा तयार भएको यो फिल्मको गीत ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिको हो।

सुगम पोखरेल र नेहा करोदेद्वारा स्वरबद्व गीतमा शब्द रचना नरेश भट्टराई र संगीत युग भुसालको रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नवअभिनेता विवेक कर्माचार्य र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। गीत नेपाल र रोमानियाका रमणीय दृश्यमा आकर्षक ढंगले छायांकन गरिएको छ। गीत र यसको भिडियो रोमान्टिक भावमा तयार पारिएको छ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा जानुका थापाद्वारा निर्मित फिल्ममा विवेक र आँचलका साथमा गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रवीन्द्र खड्का, अंशु महर्जन, सीता न्यौपानेलगायतले अभिनय गरेका छन्।

अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, रवीन्द्र न्यौपाने र अनिश स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।