हरेक पलले मनायो रजत महोत्सव



काठमाडौं ।

डी एन्ड डी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बिहीवार प्रसारणमा हुँदै आएको टेलिशृंखला हरके पलले २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ।

सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको हरेक पलको निर्देशन सुरेन्द्र थापाले गरेका छन्। राजकुमार देवकोटाद्वारा निर्मित यो शृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेललगायतका कलाकारले अभिनय गर्दै आएका छन्।

टेलिशृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ भने शब्द रचना र संगीत सञ्जय श्रीपालको, स्वर मधुर आचार्य र बिना भट्टराईको, छायांकन ज्ञानकुमार कट्टेल र सम्पादन रवीन्द्र खड्काको रहेको छ।