बेहुली फ्रम मेघौली दुलाहा खोज्ने सकस


दशैंको अवसरमा आगामी असोज १७ गते घटस्थापनाका दिन रिलिज हुने फिल्म बेहुली फ्रम मेघौलीको टिजर सार्वजनिक गरिएको छ।

२ मिनेट २७ सेकेन्डको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा ३० वर्ष कटेकी युवतीको विवाहका सन्दर्भमा परिवारलाई हुने तनाव देखाइएको छ।

३० वर्ष नाघेकी छोरीको विवाहका लागि केटा पाउन मुस्किल परेको तथा त्यस उमेरमा योग्य वर पाउन युवतीले गरेको संघर्षको कथा टिजरमा देखाइएको छ। यससँगै टिजर कमेडीले भरिएको छ। छोरी बनेकी छन् नायिका स्वस्तिमा खड्का। टिजरमा स्वस्तिमासँगै फिल्मका मुख्य कलाकारहरुलाई टिजरमा देखाइएको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्स्को संयुक्त ब्यानरमा निश्चल बस्नेत र स्वस्तिमा खड्काद्वारा निर्माणाधीन फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिम्रन खड्का, बसुन्धरा भुसाल, विजय बराल, लोकेन्द्र लेखक, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी, रक्षा थापालगायतका कलाकारले अभिनय गरेका छन्।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन र निर्देशन रहेको फिल्ममा छायांन नरेन्द्र मैनाली र सम्पादन निमेष श्रेष्ठको रहेको छ। शंकर पाण्डे र फिरोज खड्का फिल्मको कार्यकारी निर्माता रहेका छन्।