संगीतमा कर्णराजको आगो लगाइदिन्छु



गायक कर्णराज गिरीले आगो लगाइदिन्छु बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक गरेका छन्। गायक गिरीले यो गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गीतमा रचना र संगीत पनि गायक गिरीकै छ। गीतको भिडियोमा राहुल शाह, अलिशा शर्मा र निरञ्जन मगरले अभिनय र नृत्य गरेका छन्। भिडियोमा सम्राट सुनुवार, रोहित शाह, दिव्यसं सापकोटा र काजल पनि छन्। राहुल शाहको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा छायांकन पवन सुस्लिङको छ।

गायक गिरी भ्वाइस अफ नेपाल सिजन ३ का उत्कृष्ट प्रतियोगी हुन्। उनी सो प्रतियोगितामा उत्कृष्ट १० सम्म पुग्न सफल भएका थिए।