चन्द्रागिरिमा दुर्घटना हुँदा एक जना गम्भीर घाइते


काठमाडौं ।

काठमाडौँको चन्द्रागिरिमा आज शनिबार बिहान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा विन्दबासिनी गेटमा बागमती प्रदेश ०१ ०२५च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।