तीजलाई खाने हो पिउनी हो


काठमाडौं ।

गायक गायिका सूर्य खड्का र आशा बिसीको स्वरमा तीज गीत खानी हो पिउनी हो हालै सार्वजनिक गरिएको छ।
रविन लामिछानेको शब्द रचना र गायक सूर्य खड्काकै संगीत रहेको सो गीतमा मानिसले तडकभडक नगरी सामान्य आवश्यकता परिपुर्ति गरेर पनि खुसी हुन सकिने सन्देश छ।

गीतमाथि आकर्षक नृत्यसहितको भिडियो बनेको छ। कोरियोग्राफर तथा मोडल जीवनकुमार ज्ञवालीको निर्देशन र कोरियोग्राफीमा निर्मित म्युजिक भिडियोमा जीवनकुमार ज्ञवाली र बचन विश्वकर्माले नृत्य र अभिनय गरेका छन्।

दुर्गा पौडेलको छायांकन रहेको म्युजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन्। गीत सूर्य खड्का युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।