अभिनेता कार्कीलाई मातृशोक



काठमाडौं ।

अभिनेता विपिन कार्की र अर्जुन कार्कीलाई मातृशोक परेको छ। अभिनेताद्वयकी ७२ वर्षीया आमा सरस्वती कार्कीको उपचारको क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको हो।

उनलाई स्वास्थ्य समस्यका कारण एक हप्तादेखि आईसीयूमा राखिएको थियो। चार दिन अघिदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार भइरहेको थियो। मिर्गाैलाको समस्या झेल्दै आएकी उनमा पछिल्लोसमय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो।

मोरङमा बस्दै अँएकी आमाको स्वास्थ्यमा समस्या आएपछि विपिनले आमालाई उपचारका लागि काठमाडौं ल्याएका थिए। आमाको अवस्था गम्भीर रहेको खबरपछि फिल्म उनी स्विटरको छायांकन बीचमै छाडेर पाँचथरबाट काठमाडौं आएका थिए। सरस्वतीको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।