संगीतमा रोशनी


काठमाडौं ।

बागलुङको साविक धुल्लुबाँसकोट गाविस वडा नम्बर २ चित्रे गाउँकी किस्ना आचार्य रोशनी गीतकार, गायिका र सञ्चारकर्मी हुन्।
उनको गीत संगीत क्षेत्रमा लाग्ने सपना साकार भएको गाउँमै छँदा हो। २०६८ सालमा उनको शब्द रचनामा फूल सम्झ या काँडा सार्वजनिक भएदेखि हालसम्म उनका शब्द, लय र स्वरमा आँसुको मूल्य, तिम्रो याद, तिम्रो यादमा, जोगी, मायाको घैला, सोल्टिनी नानी, मन परेरै हो कि, निरिमायाकोजस्ता दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन्।

काठमाडौं आएपछि आफ्ना केही गीतमा स्वर भरेर त्यसको भिडियोमा अभिनयसमेत गरेकी रोशनी गीत सिर्जनामा बढी रमाइरहेकी छन्। यस क्रममा उनले लोक दोहोरी, सालैजो, तीज, दशैं, मौलिक झ्याउरे भाका, आधुनिक विधाका गीत ल्याएकी छन्। उनले सञ्चारकर्म र गीत रचनाबाट अवार्ड र सम्मान प्राप्त गरेकी छन्।