तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउछौं: प्रधानमन्त्री ओली


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकरी दिए ।