बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता


काठमाडौँ ।

 काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा समीर तामाङ र नीराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।

यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।

समूह बी बाट भारतर भुटानले एक एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।