रोनाल्डोको सस्क्राइबर डेढ करोड नाघ्यो

7.24k
Shares

काठमाडौं ।

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खोलेको युट्यूब च्यानल २४ घण्टा नपुग्दै सस्क्राइबर संख्या १ करोड ६० लाख नाघेको छ।

क्रिस्टियानो रोनाल्डोले बुधबार साँझ खोलेको आफ्नो युट्यूब च्यानल २४ घण्टा नपुग्दै एक करोड ६० लाखले सस्क्राइब गरेका छन् । यस अघि उनले खोलेको ट्विटरमा उनका फ्लोअर्स ११२.५ मिलियन छन् भने फेसबुकमा १७० मिलियन फ्लाअर्स रहेका छन् ।

यस्तै, इन्स्टाग्राममा उनका उनका फ्लोअर्स ६३६ मिलियन रहेका छन् । उक्त युट्यूब खोलेको एक घण्टामै लाखौं सब्सक्राइबरले साइन गरेका थिए । ३९ वर्षीय साउदी अरेबियन क्लब अल नासरका कप्तान रोनाल्डोले पोस्ट गरेको पहिलो भिडियो पोस्ट गरिएको थियो । यो पोस्टसँगैं १.६९ मिलियनले उनको यूआर क्रिस्यिानो च्यानल जोइन गरेका थिए ।