करणले ब्रेकअपमा लेखेको गीत गाउन नसकेपछि गाए राजेशपायलले


काठमाडौं ।

द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राईको शब्द रचनामा लोकप्रिय गायक राजेशपायल राईले गाएको गीत मैले माया गरेको मान्छे सार्वजनिक गरिएको छ।

करण राई युट्युब च्यानलबाट सार्वजनिक गीतमा करणकै शब्द रचना, राजेशपायलको स्वर र महेन्द्र राईको संगीत रहेको छ। गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन्।

करणको वास्तविक प्रेम कहानी जोडिएको गीतमा राजेशपायलले गाउनुको कारण भने रोचक रहेको रहेछ। ‘आफ्नो जिवनसँग जोडिएको गीत गाउन मैले सकिनँ, त्यही कारण राजेशपायल दाइलाई गाउने जिम्मा दिएको हुँ’ करणले प्रेमिकास“गको ब्रेकअपपछि बेलुकी रुँदै गीत लेखेको जनाउँदै भने।