सरकारका सचिवको तीज गीत


भक्तपुर ।

नेपाल सरकारका सचिव सुरेश आचार्य (गीतकार सियरा आचार्य) ले आफ्नै युट्यब च्यानलबाट तीज गीत स्वामीजीले भन्छन् मलाई घर अँध्यारो नपार सार्वजनिक गरेका छन्।

सुनीता बुढा क्षेत्रीको स्वर र राजेश थापाको संगीत रहेको गीतको भिडियोेमा सन्जु, कलाकार जुना कार्की र सुरज लुईंटेलले अभिनय गरेका छन्।

सन्जु आचार्यद्वारा निर्मित भिडियोमा पूजा ठकुरीको निर्देशन, अनील राईको कोरियोग्राफी, करण चाइसिरको छायांकन तथा विनोद बमको सम्पादन र कलर रहेको छ।

गीतमा तीजका विविध पक्षलाई शब्द चित्रण गरिनुका साथै दृष्यांकन गरिएको छ। जागिरबाट बचेखुचेको समय साहित्य र सिर्जनामा रमाउने गीतकार आचार्यका दर्जनौं गीत लोकप्रिय छन्।