समीक्षाको स्वरमा के हेरेको टुलुटुलु


काठमाडौं ।

गायिका समीक्षा अधिकारीद्वारा स्वरबद्व गीत के हेरेको टुलुटुलुको भिडियो सार्वजनिक गएिको छ। गीतमा नेत्र अर्यालको शब्द रचना, खेम सेञ्चुरीको संगीत र श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ।

गायिका अधिकारीको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन्। भिडियोमा एक युवतीको प्रेम पाउन दुई युवाले गरेको संघर्ष देखाइएको छ।

भिडियोमा तीनैजना कलाकारलाई रोमान्टिक भावमा देखाइएको छ। रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन्। गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा मनिक पाख्रिनको कला निर्देशन र सुभम भुजेलको कोरियोग्राफी रहेको छ।