एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न

282
Shares

काठमाडौं ।

नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य कोशी प्रदेश कमिटी इञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो ।

बैठकले पार्टीको मिसन २०८४ लाई केन्द्रित गरी जिल्ला पार्टीका नेताहरूको कर्यविभाजन गरेको छ । पार्टीले एक भरी गर्ने कामको वार्षिक कार्ययोजना पनि बनाएको छ । त्यसको लागि आवश्यक पर्ने बजेट समेत बैठकले बनाएको नेकपा एमाले झापाले जनाएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं झापा जिल्ला इञ्चार्ज रोमनाथ ओली, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थितिमा भएको बैठकले पार्टीका अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ । कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अबको पार्टीको लक्ष मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन निर्देशन दिनुभयो । उहाँले सिङ्गो पार्टी पङ्तीलाई एक जुट भएर २०८४ सालको निर्वाचनमा तीनवटै तहमा नेकपा एमालेलाई बहुमत सहितको पहिलो दल बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।

बैठकले अन्य पार्टीबाट समायोजन भए आएका सहित केही नेताहरूलाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । त्यस्तै ११ जना जिल्ला कमिटी सदस्यलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । आजकै बैठक निर्वाचन क्षेत्र नं ५ ख मा बोधराज न्यौपानेको संयोजकत्वमा निर्वाचन क्षेत्र स्तरीय कमिटी गठन गरेको छ ।

बैठकमा पार्टी उपाध्यक्ष शिव ढुङ्गेलले बैठकको आचारसंहिता प्रस्तुत गर्नुभएको थियो भने । कार्यालय सचिव छविलाल विश्वकर्माले करिब ५ करोड ५० लाख रुपैँया बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै लेखा आयोगको अध्यक्ष राजेन्द्र भट्टराईले लेखा कमिटीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।