हिरामण्डी : प्रख्यात शाही इलाकादेखि कुख्यात रेड लाइट एरियासम्मको सिरिज


पछिल्लोसमय नेटफ्ल्क्सिमा निकै रुचाइएकाे भारतयि वेब सिरिज हिरामण्डी द डाइमन्ड मार्केट यौनकर्मीको कथामा आधारित सिरिज हो। सञ्जय लीला भसांलीद्वारा निर्देशित यो वेब सिरिज भारत र पाकिस्तान विभाजन हुनुअघि लाहोरस्थित हिरामण्डीनामक ऐतिहासिक रेड लाइट एरियासँग जोडिएको छ। फरिदा जलाल, मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चढ्ढा सञ्जिदा शेख, फरदिन खान, अध्यायन सुमनलगायत कलाकारले यसमा अभिनय गरेका छन्।

हिरामण्डी निर्मँणका लागि यसको कथा विकसित गर्न र अध्ययन गर्न सञ्जय लीला भन्सालीले १४ वर्ष लगाएका थिए।
सिरिज भारत विभाजन हुनुअघि लाहोरमा बसोवास गर्ने मल्लिाका जाननामक एक यौनकर्मी र उनको यौनशालाका अन्य यौनकर्मी महिला वरिपरि घुमेको छ। मल्लिाका जानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निर्वाह गरेकी छन्।
सम्राट अकबरको शासनकाल (१५५६ देखि १६०५ सम्म) मा लाहोर बजार उनको राज्यको केन्द्रमा थियो र हिरामण्डीलाई शाही मोहल्ला भनिन्थ्यो। यो शाही कालमा राज परिवार र उनीहरूनिकट कर्मचारी बस्ने क्षेत्र हो।
मुगल कालमा शाही मोहल्लामा राजपरिवार महिलाको नृत्य र गीत संगीतमार्फत मनोरन्जन लिने गर्थे। जहाँ महिलाहरूबीच शास्त्रीय गायन नृत्यको प्रतिस्पर्धा चल्थ्यो। पन्ध्रै र सोह्राैँ शताब्दीमा लाहोरमा नृत्यका लागि अफगानिस्तान र उज्वेकिस्तानबाट समेत नृत्यङ्गना लगिन्थ्योे। यसरी कुलीन परिवारको संरक्षणमा सांस्कृतिक र मनोरन्जनको केन्द्रको रूपमा संरक्षित सो स्थान पछि यौनशालाको रूपमा कुख्यात भएको थियो।

सन् १८४३ मा शिख राज्यका महाराजा रणजीत सिंहको पालामा लाहोरको प्रधानमन्त्री हिरासिंह दोगराले आर्थिक चहलपहल बढाउन हिरामण्डी द मार्केटको स्थापना गरेका थिए।

स्थानीय अर्थतन्त्रलाई मजबुद बनाउनका लागि अन्न बजारको रूपमा स्थापना गरिएको सो हिरामण्डी बजारमा चहलपहल बढेसँगै त्यहाँ मुगलकालतिर स्थापना भएको यौनशाला लोकप्रिय भयो।

अहमद शाह अब्दालीको आक्रमणपछि लाहोरमा बढ्दो गरिबीका कारण मनोरन्जन प्रदान गर्ने महिला खुलेआम रूपमा शरीर बेच्न बाध्य भए र हिरामण्डी वेश्यावृत्तिका लागि कुख्यात हुन थाल्यो। दिनमा अन्य बजारका साथै वाद्ययन्त्र, खाना, नास्ताको व्यापार भए पनि रातमा देह व्यापारको केन्द्रको रूपमा चिनिन थाल्यो। जुन हाल पनि कायमै छ।

भारतमा सन् १९१३ मा दादासाहेब फाल्केले सत्य हरिसचन्द्रनामक पहिला फिल्म बनाएर फिल्मको शुरुवात गरेका थिए। भारत विभाजन हुनु पहिले भारतीय र पाकिस्तानी फिल्ममा काम गर्ने अधिकांश कलाकार हिरामण्डीकै थिए। भारत र पाकिस्तान विभाजनपछि भने हिरामण्डी पाकिस्तानमा प¥यो। त्यहाँका सुन्दर र नृत्यमा पोख्त यौनकर्मी महिला पाकिस्तानी फिल्मकर्मीको नजरमा पर्न थाले र अभिनेत्रीको रूपमा काम गर्न थाले। केही मानिस भारत गएर फिल्मलगायत अन्य क्षेत्रमा काम गर्न थाले।

यस्तो ऐतिहासिक स्थान र चालचलनसँग जोडिएको वेब सिरिजको कथा भने काल्पनिक हो। आठ एपिसोडको सिरिज ४५ मिनेटदेखि एक घण्टासम्मको छ।

मे महिनामा हिरामण्डीले नेटफिल्क्समा सबैभन्दा बढी हेरिएको ननइंग्लिस वेब सिरिजको रेकर्ड बनाएको थियो। साथै

हिरामण्डी पहिलो हप्ता सबैभन्दा बढी हेरिएको इन्डियन वेब सिरिजको पहिलो नम्बरमा पर्छ। यो सिरिज नेटफिल्क्समा भारतमा पहिलो, बेलायतमा चौथो र अमेरिकामा सातौं नम्बरको ट्रेन्डिङमा परेको थियो।
भव्य सेट, पहिरन, शृङ्गार तथा छायांकनका कारण यो वेब सिरिजको बजेट दुई सय करोड भारतीय रुपियाँ पुगेको थियो।