साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

0
Shares

काठमाडौं ।

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह ‘बी’ अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ । 

आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । 

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।