यस्तो छ माओवादी केन्द्रको प्रदेश परामर्श बैठकको तालिका

1.22k
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको प्रदेश परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रको यसअघि साउनमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार केन्द्रिय समिति बैठक अघि प्रदेश परामर्श बैठक गर्न लागेको हो ।

आज र भोलि बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक शुरु भएको छ ।

त्यस्तै उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते बस्ने छ ।

त्यसैगरी गण्डकी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते बस्ने छ भने सुदुपश्चिम प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते बस्ने भएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते बस्ने छ भने लुम्विनी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बस्ने भएको छ ।

त्यसपछि भाद्र १८ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।