रेडियो आहाको वार्षिकोत्सवमा गीतकार खरेललाई संगीत विरासत सम्मान


काठमाडौं ।

राजधानीको डिल्लीबजारबाट सञ्चालन भइरहेको लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेम सुवेदीको रेडियो आहाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै तेस्रो वार्षिकोत्सव मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नगदसहित किरण खरेललाई रेडियो आहा राष्ट्रिय संगीत विरासत सम्मान, दिक्षा चापागाईंलाई सामाजिक परोपकार सम्मान र सिर्जना वाग्लेलाई महिला सशक्तीकरण सम्मान प्रदान गरे।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रूपमा समाचारवाचिका तथा कार्यक्रम प्रस्तोता सम्झना धमलालाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा देउडा सम्राट नन्दकृष्ण जोशी, हास्य कलाकार श्रीकृष्ण सिंखडा, गायक शिशिर योगीलगायतका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने संगीतकार भुपेन्द्र रायमाझीको सांगीतिक समूहले रेडियो आहाको जन्मदिनको शुभकामना गीत गाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि थापाले रेडियो चलाउनु चुनौतीको विषय भएको चर्चा गरे। रेडियोमा २६ वर्ष बिताएका रेडियोका प्रबन्ध निर्देशक हेम सुवेदीले आगामी दिनमा स्रोताको मन जित्ने प्रकारका कार्यक्रम लिएर आउने बताए। रेडियो आहा १०४.५ मेगाहर्जका साथै रेडियो आहा डटकममा पनि प्रतक्ष्य रूपमा प्रसारण हुँदै आएको छ।