सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं ।

छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बारा, कलैया उपमहानगरपालिका-१२ खपरताता टोलमा ना.५४ प ४७४८ नम्बरको मोटरसाइकल र ना.२ ह ५३७२ नम्बरको टेम्पो एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रमाकान्त पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका-५ एमाले मोडस्थित सडकमा सुर्खेतबाट नेपालगंजतर्फ जाँदै गरेको क.प्र.०२००१ ख १०११ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार हुम्ला सर्केगाड गाउँपालिका-२ बस्ने ३९ वर्षीय चन्द्र सिंह कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १७ जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा र १ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१२ पाडुलेस्थित सडकमा नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको लु.१ ज ४०९१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दैलेख दुल्लु नगरपालिका-७ बस्ने ४० वर्षीय झक्क बहादुर रावतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ९ जनालाई सोही अस्पतालमा र १ जनाको छिन्चुस्थित माया पोलिकिल्निकमा उपचारको लागि पठाइएकोमा ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिक म।१ ज १६१ नम्बरको म्याजिकले से।६ प ८४२३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका(२ बाणि बस्ने ४१ वर्षीय विश्राम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलवास शान्ति चोकस्थित सडकमा लु.१ च ६७८३ नम्बरको बलेरोमा लु.८७ प ४५७३ नम्बरको स्कुटर ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका शान्ति बगैचा घर भई हाल रूपन्देही बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने २८ वर्षीया शुष्मा श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल नम्बर नखुलेको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर अनियन्त्रित भई बोलेरोमा ठक्कर खाई दुर्घटना भएको थियो । बलेरो जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।