काठमाडौं ।
विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।
जिल्ला अदालत मोरङको फैसलापछि सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको प्रहरीले जानकारी दिएकाे छ ।
फरारमध्ये एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्।
दुवैजना १८ वर्ष भन्दा कम भएकाले बाल सुधार गृहमा राखिएको हो। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया