सिन्धुलीमा भिरबाट लडेर महिलाको मृत्यु

2.44k
Shares

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा भिरबाट लडेर गम्भीर घाईते भएका एक महिलाको आज (मंगलवार ) मृत्यु भएको छ ।

मरिण गाउँपालिका १ टुडिखेलका २२ वर्षका ललिमाया बलको भिरबाट लडेर मृत्यु भएको हो । घर भन्दा अन्दाजी १ किलोमिटर पश्चिममा पर्ने जङ्गलमा गोठालो गएका बल हिजो (सोमवार) भिरबाट अन्दाजी ३० मिटर तल लडेर बेहोस भएको अवस्थामा आफन्तले फेला पारी सिन्धुली अस्पताल ल्याएका थिए ।

सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि ईन्टरनेशनल अस्पताल, भक्तपुर लगिएकोमा उपचारको क्रममा आज ( मंगलवार ) साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए । घटनाको कानुनी प्रक्रिया पुरा गरी शव श्रीमान धन बहादुर थिङले बुझि लगेको डिएसपी खड्काले बताए।