अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह 


काठमाडौँ। 

अभिनेत्री अरुणिमा लम्सालले  धरान,चतराका युवराज श्रेष्ठसँग  विवाह गरेकी छन् ।  काठमाडौँको बत्तिसपुतलीस्थित राम  मन्दिरमा  उनीहरुबीच आज विवाह  भएको हो। 

युवराज कांग्रेस नेता तथा जमिनदार हुन् । पारिवारिक सल्लाह अनुसार यी दुईले मागी बिहे गरेको बताइएको छ । 

 केही दिनअघि  अरुणिमा र युवराजले  सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिजसमेत गरिसकेका छन्। अरुणिमाको यो  दोस्रो विवाह हो। 

अरुणिमाले यसअघि अमित अर्यालसँग बिहे गरेकी थिइन् । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन ।