निशब्द निर्देशन गर्दै शुभेच्छा


काठमाडौं ।

अभिनेत्री तथा निर्देशक सुभेच्छा थापाको निर्देशनमा बन्ने फिल्म निशब्दको राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ।

तेस्रो लिंगीसँग सम्बन्धित विषयवस्तुलाई लिएर निर्माण हुने फिल्ममा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मि भट्ट, सुशीला निरौला, कमल बोहोरा, रमेश ढकाल, सबिता खड्का, भगवान् भण्डारी, कल्पना विसि, सञ्जय मुडभरी, मायादेवि श्रेष्ठ, सहारा खड्का, हुमा गिरी, सागर हुमागाई, चन्द्रबहादुर गुरुङ, बन्दना गुरुङ, अनुप श्रेष्ठ, सुरेश पुडासैनी, प्रनिता तामाङ, मन महर्जन, गंगा गुरुङ, प्रकृति राणा मगरलगायत कलाकारले अभिनय गर्नेछन्।

राधारमण मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा उमेश खड्काले निर्माण गर्ने फिल्ममा ,सौरभ दवाडीको पटकथा, देव श्रेष्ठको द्वन्द्व निर्देशन, शंकर विश्वकर्माको नृत्य निर्देशन र विनोद बरालको छायांकन रहनेछ।