पहिरोका कारण तल्लो बेलुङ्गका १९ घर परिवार जोखिममा

0
Shares

धादिङ ।

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ तल्लो बेलुङ्गका १९ घर परिवार पहिरोको जोखिममा परेका छन् । गाउँ भन्दा माथिको भागबाट पहिरो खस्न थालेपछि बस्ति नै जोखिममा परेको हो ।

पहिरोको जोखिमका कारण तल्लो बेलुङ्गका १९ घर परिवार त्रसित बनेका छन् । गाउँ माथिबाट खस्ने पहिरोले जनधनको क्षति हुने डरमा रहेको मदन श्रेष्ठले बताए । ‘गाउमाथीबाट एकसातादेखिको अबिरल वर्षाका कारण पहिरो लडेपछि गाउबासी त्रासदिमा रहेका छन् ।

पूर्व तयारी अपनाउनु नसकिएको निम्न तथा मध्यम वर्गका मानिसहरु बसोबास गर्दै आएको बेलुङ्ग गाउँका १९ घर परिवार नै उच्च जोखिममा परेको छ । प्रकोपले निम्त्याउन सक्ने विपत्तिको अवस्था हेरेर तत्काल पूर्व तयारीमा लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताएपनि गाउमा आईरहेको जोखिबारे अनविज्ञता प्रकट गर्नुभयो ।

‘अहिलेसम्म पालिकामा जानकारी गराउनु भएको छैन । पालिकाबासीलाई सुरक्षा दिनु हाम्रो जिम्मेवारी पनि हो । जोखिमको अवस्था हेरेर समस्यामा समाधानमा लाग्छौंञ अध्यक्ष उप्रेतीले बताउनुभयो ।